काठमाडौं । वर्ल्ड टुरिजम नेटवर्कले नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ तथा टुरिजम रिकभरी टास्कफोर्स नेपालका संयोजक दीपक राज जोशीलाई अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डद्वारा सम्मानित गरेकाे छ।
पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्धनका लागि जोशीले निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर कृयाशीलता, सकारात्मक योगदान र कोरना महामारीका कारण शिथील बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि सो अवार्ड प्रदान गरेकाे हो।
दक्षिण एसियाबाट उक्त अवार्ड प्राप्त गर्ने प्रथम व्यक्तिका रुपमा जोशी ‘ईन्टरनेशनल हल अफ टुरीजम हीरोज’ को सदस्य समेत पाउने पहिलो नेपाली बनेका छन् ।
विश्वभरी बाट नामांकन दर्ता गरिएका पर्यटन क्षेत्रमा आवद्ध व्यक्तिहरुको मूल्यांकनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिदै कृयाशील व्यक्तित्व लाई प्रदान गरिने सो अवार्ड पाउने अन्यव्यक्तिहरुमा सेशेल्सका पर्यटनमन्त्री अलेन स्ट अंगे, क्वीआई ग्रुपका निर्देशक विजय पूनूसम्त, अफ्रिकन टुरिज्म बोर्डका अध्यक्ष्य काथबर्ट एनक्यूब, जिम्बाब्वेका भुप पर्यटन मन्त्री डा वाल्टर मेक्सेम्बी, विश्व पर्यटन संगठन का निवर्तमान महासचिव डा तालेब रिफाई, केनियाका पर्यटन सचिब नाजिब बलला र जमैकाका पर्यटन मन्त्री एडमण्ड बार्टलेट जस्ता व्यक्तित्वहरु समावेश छन ।