ज्योति लाईफ इन्स्योरेन्सकाे प्रस्तावित ६६ कराेडकाे आइपिओ पारित

<p>काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सकाे ६६ कराेडकाे प्रस्तावित आइपिओ पारित भएकाे छ । बुधबार कम्पनीको तेश्रो वार्षिक साधारणसभामा उक्त प्रस्तावित आइपिओ पारित भएकाे हाे । कम्पनीको तेश्रो वार्षिक साधारणसभा बुधबार कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न भएको थियाे । साधारणसभामा कम्पनीका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुतीको क्रममा आ.व.०७५/७६ मा प्रथम बीमाशुल्क तथा नविकरण शुल्क कुल रु १ अर्ब १ [&hellip;]</p>

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सकाे ६६ कराेडकाे प्रस्तावित आइपिओ पारित भएकाे छ । बुधबार कम्पनीको तेश्रो वार्षिक साधारणसभामा उक्त प्रस्तावित आइपिओ पारित भएकाे हाे ।

कम्पनीको तेश्रो वार्षिक साधारणसभा बुधबार कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न भएको थियाे ।

साधारणसभामा कम्पनीका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुतीको क्रममा आ.व.०७५/७६ मा प्रथम बीमाशुल्क तथा नविकरण शुल्क कुल रु १ अर्ब १ करोड ७५ लाख ८८ हजार ४९ रुपैया मात्र बीमा शुल्क संकलन गर्दै रु ६९ करोड २४ लाख ६५ हजारको जीवन बीमाकोष समेत खडा गरेको र सम्भावित जोखिमको मुल्याङ्कन तथा व्यवस्थापन गर्दै कम्पनीले बिभिन्न बैंक तथा वित्तियसँस्थाहरुमा अल्पकालिन तथा दिर्घकालिन लगानी गरेको र जसको औषत प्रतिफल १०.५० प्रतिशत रहेको जानकारी गराउँदै यस आर्थिक वर्षमा कम्पनीले १८ करोड ७२ लाख ३२ हजार ६१ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको उल्लेख गरे ।

साधारणसभाले संचालक समितिको प्रतिवेदन, आ.व. ०७५/७६ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्शान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आ.व. ०७६/७७ को लागि लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेकाे छ ।

उक्त सभामा कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले पछिल्लो प्रगति विवरण जानकारी गराउने क्रममा ११७ वटा शाखा तथा उपशाखाहरु ७२ जिल्लामा आफ्नो ब्यवसायिक उपस्थिति जनाई जीवन बीमा व्यवसाय गरी रहेको र साथै आ. ब. ०७५/०७६ मा कुल रु १०,७८,७४,७२६÷–वितरणयोग्य मुनाफा आर्जन गरि कम्पनीको प्रतिशेयर मुल्य १२०.७९ पुर्याई आघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा शेयर किताबी मुल्यमा समेत ११.१७ प्रतिशतले वृद्घि गर्दै बीमितलाई प्रदान गर्ने बोनस दरमा समेत उल्लेख्य वृिद्घ गर्न सफल भएको बताए ।

हालको परिस्थितिलाई मध्यनजर गर्दै सभामा शेयरधनीहरुलाई जुमबाट पनि सहभागी हुने व्यवस्था कम्पनीले मिलाएको थियो । सभामा कम्पनीका संचालक, शेयरधनी, नियामक निकायका प्रतिनिधि, कार्यकारी प्रमुख, उच्च व्यवस्थापनका पदाधिकारी तथा कर्मचारीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

Share News