गुराँश लाइफले पहिलो त्रैमासमा आर्जन गर्यो ९६ करोड २६ लाख रुपैयाँ खुद बीमा शुल्क

<p>काठमाडौ । गुराँश लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९६ करोड २६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । चालु आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्ष सोही समयमा गुराँश लाइफले खुद बीमाशूल्क ४४ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको थियो । गुराँशको खुद नाफा ४ करोड २७ लाख रुपैयाँ रहेको छ । [&hellip;]</p>

काठमाडौ । गुराँश लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९६ करोड २६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । चालु आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्ष सोही समयमा गुराँश लाइफले खुद बीमाशूल्क ४४ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

गुराँशको खुद नाफा ४ करोड २७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ३ करोड १९ लाख रुपैयाँमा सिमीत थियो ।

लाइफ इन्स्योरेन्स कम्पनीले खुद दाबी भुक्तानी १४ करोड २९ लाख रुपैयाँ गरेको छ । चालु आर्थिक वर्ष भन्दा अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

Share News