पहिलो त्रैमासमा एशियन लाइफको खुद नाफा ९ करोड ४० लाख रुपैयाँ

<p>काठमाडौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्ष भन्दा अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ४ करोड २ लाख रुपैयाँ मात्र रहेको थियो । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब ४७ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्ष भन्दा अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ४ करोड २ लाख रुपैयाँ मात्र रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही समयमा ८८ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासमा १ अर्ब ६७ करोड रुपैयाँ  भुक्तानी गरेको छ । कम्पनीले दिएको जानकारी अुनसार ७ हजार २ सय ९७ कुल दाबी परेको थियो ।

Share News