नेशनल लाइफको बीमा शूल्क २ अर्ब ८० करोड रुपैयाँ, नाफा पाैने १२ कराेडले बढ्याे

<p>काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ८० करोड रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ ।कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९१ करोड रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । कम्पनीले बिमांकीय मूल्यांकन अघि ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक [&hellip;]</p>

काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ८० करोड रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ ।कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९१ करोड रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

कम्पनीले बिमांकीय मूल्यांकन अघि ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो त्रैमासमा २९ लाख ७५ हजार रुपैयाँले बढी छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा ३५ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको जगेडा कोषमा १ अर्ब १४ करोड २७ लाख रुपैयाँ रहेको छ ।

३ अर्ब ८ करोड रुपैयाँ बराबरको चुक्ता पूँजी भएको कम्पनीको महाविपत्ती कोषमा २९ करोड ७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै, प्रति सेयर नेटवर्थ १ सय ४५ रुपैयाँ ८६ पैसा रहेको छ ।

Share News