नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा १ अर्ब बढी

<p>काठमाडौ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले नन लाइफ इन्स्योरेन्स तर्फ १ अर्ब ६ करोड ५४ लाख र लाइफ इन्स्योरेन्स तर्फबाट १७ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको असार मसान्तमा [&hellip;]</p>

काठमाडौ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले नन लाइफ इन्स्योरेन्स तर्फ १ अर्ब ६ करोड ५४ लाख र लाइफ इन्स्योरेन्स तर्फबाट १७ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको असार मसान्तमा लाइफ र नन लाइफ दुवै व्यवसायबाट ८७ करोड २० लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ६ अर्ब ६३ करोड २४ लाख रुपैयाँ खुद बीमाशूल्क आर्जन गर्न सफल भएको थियो । कम्पनीले नन लाइफ इन्स्योरेन्स तर्फबाट ५ अर्ब ९१ करोड ५७ लाख रुपैयाँ र लाइफ इन्स्योरेन्स तर्फबाट ७१ करोड ६६ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेको थियो ।

केही समय अघि पुनर्बीमा कम्पनीले आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओमा समेत लगानीकर्ताको राम्रो आकर्षण देखिएको थियो ।

उक्त आईपिओ निष्काशनपछि १० अर्ब चुक्ता पूँजी पुगेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ४७ करोड ५० लाख रुपैयाँ संचित छ ।

Share News