पोलिसी बोनस घोषणा गर्नेमा महालक्ष्मी लाईफ इन्स्योरेन्स पहिलाे, सीईओ भन्छन्- भनेका थियाैं, गरेर देखायाैं’

<p>काठमाडाैं । नयाँ कम्पनीहरुमध्ये महालक्ष्मी लाईफ इन्स्योरेन्स पोलिसी बोनस घोषणा गर्नेमा पहिलाे बन्न सफल भएकाे छ । कम्पनीले बीमा समितिकाे नयाँ व्यवस्था सहितको मुल्याङ्कन गरी आर्थिक वर्ष २०७५/७६ को पोलिसी बोनस घोषणा गरेको हाे । कम्पनीले उक्त आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्किय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको हो । बीमा [&hellip;]</p>

काठमाडाैं । नयाँ कम्पनीहरुमध्ये महालक्ष्मी लाईफ इन्स्योरेन्स पोलिसी बोनस घोषणा गर्नेमा पहिलाे बन्न सफल भएकाे छ । कम्पनीले बीमा समितिकाे नयाँ व्यवस्था सहितको मुल्याङ्कन गरी आर्थिक वर्ष २०७५/७६ को पोलिसी बोनस घोषणा गरेको हाे ।

कम्पनीले उक्त आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्किय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको हो ।

बीमा समितिको गत कार्तिक २८ गतेको पत्रबाट स्वीकृति प्राप्त भए बमोजिम कम्पनीले सञ्चालनमा ल्याएको तथा मुनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५/७६ को लागि न्यूनतम ५० रुपैयाँ (प्रतिहजार बीमाङ्कमा) को दरले बोनस घोषणा गरेको हो ।

बीमा समितिले हालै जारी गरेको संसोधित बीमाङ्किय मुल्याङ्कन निर्देशिकामा सो अवधिसम्म जारी पोलिसीको बिमाङ्किय मुल्याङ्कन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभएसम्मको लागि बोनस व्यवस्था गर्नुपर्ने व्यवस्था रहेको छ ।

कम्पनीको आगामी बिमाङ्किय मुल्याङ्कन नभएसम्मको लागि यही बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिनेछ । बीमा समितिबाट स्वीकृत बोनस निम्न बमोजिम रहेको छ ।
नयाँ भ्यालुएशन निर्देशिका आएपछि कष्ट अफ फ्युचरको व्यवस्था गरेर नयाँ कम्पनीमा संभवतः सबै पोलिसीहरुमा शुरु मै सबैभन्दा अत्यधिक बोनस घाेषणा गर्न महालक्ष्मी लाईफ सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई बताउँछन् । साथै, जीवन बीमामा कसले कति व्यापार गर्यो भन्दा पनि पोलिसी होल्डरलाई कति बोनस र लगानिकर्तालाई कति लाभांश दियो भन्ने कुराले महत्व राख्ने उनको भनाई छ ।

‘बीमामा ५-१५ वर्षे पोलिसी नै ९० प्रतिशत बिक्री हुने गर्छ । २ वर्ष भित्र हामी उत्कृष्ट हुने घोषणा गरेका थियौं, गरेर देखायौं । सबैलाई बधाई छ ।’, उनले भने ।

Share News