विवेक दुगड बने गुराँस लाइफ इन्स्योरेन्सको अध्यक्ष, प्रस्तावित लाभांश पारित

<p>काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको अध्यक्षमा विवेक दुगड़ चयन भएका छन् । सभा पश्चात बसेको कम्पनी सञ्चालक समितिको बैठकले इन्स्योरेन्सको अध्यक्ष पदमा दुगड़लाई सर्वसम्मतिबाट चयन गरेको हो । कम्पनीको १०औं वार्षिक साधारण सभा आज मंसिर ४ गते बिहिबार सम्पन्न भएको छ । उक्त सभाले आगामी ४ वर्षे कार्यकालको लागि संस्थापक सेयरधनीहरुको तर्फबाट विवेक दुगड़, सौरभ [&hellip;]</p>

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको अध्यक्षमा विवेक दुगड़ चयन भएका छन् । सभा पश्चात बसेको कम्पनी सञ्चालक समितिको बैठकले इन्स्योरेन्सको अध्यक्ष पदमा दुगड़लाई सर्वसम्मतिबाट चयन गरेको हो ।

कम्पनीको १०औं वार्षिक साधारण सभा आज मंसिर ४ गते बिहिबार सम्पन्न भएको छ । उक्त सभाले आगामी ४ वर्षे कार्यकालको लागि संस्थापक सेयरधनीहरुको तर्फबाट विवेक दुगड़, सौरभ दुगड़, अपछ कुमार यादव (प्रतिनिधि-सनराइज बैंक लिमिटेड), शम्भु प्रसाद सुवेदी, विनय कुमार तोदी तथा सर्वसाधारण सेयरधनीको तर्फबाट विशाल तातेड़ निर्विरोध निर्वाचित गरेको थियो ।

त्यस्तै, सभाले विशेष प्रस्ताव अन्तर्गत आ.व. ०७४÷०७५ को मुनाफाबाट जारी पुँजी १ अर्ब ८७ करोडको ५.२५ प्रतिशत बोनस सेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको छ ।

साथै, सभाले लेखापरिक्षको प्रतिवेदन सहित २०७५ साल आषाढ मसान्त सम्मको वासलात नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचीहरु सर्वसम्मतिबाट पारित गरेको छ ।

Share News