काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ९.५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ५७६ रुपैयाँमा झरेको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता ६३१ रुपैयाँ रहेको थियो ।
यससँगै आगामी आइतबार (मंसिर ७ गते) को बजारमा संस्थाको सेयर प्रतिकित्ता ५७६ रुपैयाँदेखि कारोबार शुरु हुन्छ ।