एशियन लाईफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, तोक्यो बुक क्लोजको मिति

<p>काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले आगामी पुस ४ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले सो दिन बिहान १० बजे वीरगञ्जको होटल पुजनमा आफ्नो ११औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै मंसिर १८ गतेसम्म [&hellip;]</p>

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले आगामी पुस ४ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले सो दिन बिहान १० बजे वीरगञ्जको होटल पुजनमा आफ्नो ११औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै मंसिर १८ गतेसम्म कायम सेयरधनी कम्पनीको वार्षिक साधारणसभामा सहभागि हुन पाउने छन् ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७४र७५ को वार्षिक प्रतिवेदन पारित गर्ने छ ।

त्यस्तै, आर्थिक वर्ष २०७४/७५को लागि लेखापरिक्षण समितिको सिफारीस बमोजिम बाह्रयलेखा परिक्षक पि.आर.के एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स, प्रविन राज काफ्ले एफ.सि.एलाई पारिश्रमिक वापत कर बाहेक एक लाख ८० हजार रुपैयाँ प्रदान गर्ने गरी नियुक्त गरिएकोमा उक्त सभाले अनुमोदन गर्ने छ ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरिक्षण समितिको सिफारीस बमोजिम लेखा परीक्षक नियुत्ती र निजको पारिश्रमिक समर्थन गर्ने छ ।

Share News