रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

<p>काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका वीमित इस्तखर मिया थकुराइनको परिवारलाई बीमा दाबी वापतको ४० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो । कम्पनीले मंसिर ८ गते एक कार्यक्रमका बीच जीवन बीमा गरेको उक्त मृतक वीमितको परिवारलाई सो बराबरको दावी भुक्तानी गरेको हो । [&hellip;]</p>

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका वीमित इस्तखर मिया थकुराइनको परिवारलाई बीमा दाबी वापतको ४० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले मंसिर ८ गते एक कार्यक्रमका बीच जीवन बीमा गरेको उक्त मृतक वीमितको परिवारलाई सो बराबरको दावी भुक्तानी गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका ताहाचालका कलस्टर प्रमुख नविन श्रेष्ठले वीमितहरुलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको हुँदा दावी भुक्तानी यथाशिघ्र गर्नै कम्पनीको नीति अनुरुप दावी भुक्तानी प्रदान गरेको बताएका छन् ।

Share News