आमा छउन्जेल हो झुपडी नि संसार लाग्ने

<p>आमा छउन्जेल हो झुपडी नि संसार लाग्ने जब गुमाइन्छ नि तब जिन्दगी भार लाग्ने ।। आशीर्वाद सँगै धन्यवाद दिने कोही नभएसी जे नै जितियोस् फिका जित पनि हार लाग्ने ।। सारा जिम्मेवारी बोक्ने आकास खसेपछि सोचेँ रहर मार्दै कसरी होला अब जिन्दगी पार लाग्ने ।। विपत्तिमा गुमनाम रहन्छ साथ सहयोग पाइदैन पाएको पुरस्कारमा भने रहेछ [&hellip;]</p>

लेखक

आमा छउन्जेल हो झुपडी नि संसार लाग्ने
जब गुमाइन्छ नि तब जिन्दगी भार लाग्ने ।।

आशीर्वाद सँगै धन्यवाद दिने कोही नभएसी
जे नै जितियोस् फिका जित पनि हार लाग्ने ।।

सारा जिम्मेवारी बोक्ने आकास खसेपछि सोचेँ
रहर मार्दै कसरी होला अब जिन्दगी पार लाग्ने ।।

विपत्तिमा गुमनाम रहन्छ साथ सहयोग पाइदैन
पाएको पुरस्कारमा भने रहेछ सरकार लाग्ने ।।

हेर्नाेस् त मैले नचाहेको पाएँ जे चाहेँ गुमाएँ
अचम्म सम्बन्ध पनि भयो दुई किनार लाग्ने ।।

दाङसिङ नुवाकोट हाल पोखरा ११

Share News