रिलायन्स लाइफ इन्स्योरेन्सकाे तेस्रो वार्षिकोत्सवमा ३७९ जनाले गरे रक्तदान

<p>काठमाडाैं ।  रिलायन्स लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरेकाे रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको कर्पोरेट कार्यालय सहित देशभर रहेका छेत्रीय कार्यालय र शाखा/उप—शाखा गरी ११ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा ३७९ जनाले रक्तदान गरेका छन् । उक्त कार्यक्रममा कम्पनीका संचालक, शेयरधनी, रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको [&hellip;]</p>

काठमाडाैं ।  रिलायन्स लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरेकाे रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको कर्पोरेट कार्यालय सहित देशभर रहेका छेत्रीय कार्यालय र शाखा/उप—शाखा गरी ११ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा ३७९ जनाले रक्तदान गरेका छन् ।

उक्त कार्यक्रममा कम्पनीका संचालक, शेयरधनी, रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको कम्पनीले जनाएकाे छ ।

हाल कोभिड—१९ बाट उत्पन्न विषम परिस्थितिमा चरम रक्त अभावलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम देशभर संचालन गरेको जनाएकाे छ । उक्त कार्यक्रममा कम्पनीका संचालक, शेयरधनी, रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Share News