लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, अघिल्लो आवको तुलनामा ६० प्रतिशत कम

<p>काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले आर्थिक वर्ष २०७५/७६ को लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई उक्त आवको नाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । मंसिर १० गते बुधबार बुसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव राखेको हो । बैठकले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी [&hellip;]</p>

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले आर्थिक वर्ष २०७५/७६ को लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई उक्त आवको नाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

मंसिर १० गते बुधबार बुसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव राखेको हो । बैठकले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

साे प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने हुन्छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल इन्स्याेरेन्स को चुक्ता पुँजी २ अर्ब एक करोड रुपैयाँ रहेको छ । प्रस्तावित १० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ नाघ्ने छ ।

उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा ६० प्रतिशत कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४/७५मा सेयरधनीलाई ७० प्रतिशत लाभांश (३४.४६ प्रतिशत बोनस र ३५.५३ प्रतिशत नगद) वितरण गरेको थियो ।

Share News