अब मेटलाइफको प्रिमियम कनेक्ट आइपीएसबाट तिर्न सकिने

<p>काठमाडौं । मेटलाइफ नेपालले ग्राहकहरुको प्रिमियम भुक्तानी गर्न अझ सजिलो गर्न अनलाइन सेवाको विस्तार गरेको छ। यससँगैं नेपाल क्लीयरिंग हाउसको नयाँ व्यवस्था अन्तर्गत मेटलाइफ नेपालका ग्राहकहरुले अब सुरक्षित अनलाइन भुक्तानी गेटवे कनेक्ट आइपीएस मार्फत आफ्नो प्रिमियम भुक्तान गर्न सक्नेछन । कनेक्ट आइपीएस सहित सबै अन्य प्रिमियम भुक्तान माध्यमहरू ग्राहकको सुविधाको लागि अझै उपलब्ध हुनेछ। ग्राहकहरूले [&hellip;]</p>

काठमाडौं । मेटलाइफ नेपालले ग्राहकहरुको प्रिमियम भुक्तानी गर्न अझ सजिलो गर्न अनलाइन सेवाको विस्तार गरेको छ।

यससँगैं नेपाल क्लीयरिंग हाउसको नयाँ व्यवस्था अन्तर्गत मेटलाइफ नेपालका ग्राहकहरुले अब सुरक्षित अनलाइन भुक्तानी गेटवे कनेक्ट आइपीएस मार्फत आफ्नो प्रिमियम भुक्तान गर्न सक्नेछन ।

कनेक्ट आइपीएस सहित सबै अन्य प्रिमियम भुक्तान माध्यमहरू ग्राहकको सुविधाको लागि अझै उपलब्ध हुनेछ। ग्राहकहरूले प्रीमियम भुक्तानीू सेक्सनमा मेटलाइफको वेबसाइट भ्रमण गरेर आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन ।

अहिलेको समयमा ग्राहकले डिजिटल सेवाहरूको विकल्प खोजिरहँदा आफुहरु कनेक्ट आइपीएससंग साझेदारी गर्न पाउँदा निकै नै खुशी भएकाे मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले बताए ।

 

Share News