निर्जीवन बीमा कम्पनीहरुले अब एउटै वित्तीय विवरण बनाए हुने, एनएफआरएस मापदण्ड पालना गर्न समितिको निर्देशन

<p>काठमाडौं । बीमा समितिले आज दुई  निर्देशिका जारी गर्दै पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरुलाई नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्ड (एनएफआरएस) मापदण्ड अनुसार वित्तीय विवरण तयार पार्न निर्देशन दिएको छ । पुनर्बीमा कम्पनी र नीर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुलाई समितिले एनएफआरएस मापदण्ड अनुसार वित्तीय विवरण तयार पार्न निर्देशन दिएको हो । समितिले आज पुनर्बीमा र नीर्जीवन [&hellip;]</p>

काठमाडौं । बीमा समितिले आज दुई  निर्देशिका जारी गर्दै पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरुलाई नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्ड (एनएफआरएस) मापदण्ड अनुसार वित्तीय विवरण तयार पार्न निर्देशन दिएको छ ।

पुनर्बीमा कम्पनी र नीर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुलाई समितिले एनएफआरएस मापदण्ड अनुसार वित्तीय विवरण तयार पार्न निर्देशन दिएको हो ।

समितिले आज पुनर्बीमा र नीर्जीवन बीमा कम्पनीहरुका लागि छुट्टाछुट्टै निर्देशिका जारी गर्दै नेपाल सरकारले स्टाण्डर्ड लेखा मापदण्डको रुपमा पालना गरेको एनएफआरएस मापदण्ड पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको हो ।

सो निर्देशिका जारी भएपश्चात अब बीमा कम्पनीहरुले एउटा मात्र वित्तिय विवरण बनाउन मिल्ने भएको छ । बीमा समितिले दिएको जानकारी अनुसार हालसम्म बीमा कम्पनीहरुले नियामक र कम्पनीका लागि २ वटा वित्तिय विवरण बनाउदै आएका थिए ।

एउटा कम्पनीले आफ्नो लागि वित्तिय विवरण तयार गर्थे भने अर्को बीमा समितिको लागि पनि वित्तीय विवरण तयार गर्नु पर्ने व्यवस्था थियो । बीमा समितिले एनएफआरएस निर्देशिका जारी गरेपश्चात अब एउटै वित्तिय विवरणले काम गर्ने भएको हो ।

Share News