काठमाडौ । जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक पहिलो त्रैमासको वित्तीय विवरणहरु सार्वजनिक गरिसकेका छन् । कोरोना भाइरसको समयमा पनि बीमा कम्पनीहरुको नाफामा धेरै उतार चढाव देखिँदैन ।
बीमा कम्पनीहरुले सार्वजनिक गरेका पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बीमा कम्पनीहरुको आर्थिक अवस्था सन्तुलित नै देखिन्छ । गत आर्थिक वर्षको पहिलो त्रैमास र चालु आर्थिक वर्षको पहिलो त्रैमासको समीक्षा तथा विश्लेषण गर्दा कम्पनीहरुको आम्दानीमा खासै असर नपरेको देखिन्छ ।
जीवन बीमातर्फ:
नेपाल लाइफ
जीवन बीमातर्फ नेपाल लाइफको नाफामा अग्रता कायमै रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि २२ करोड ९० लाख रुपैयाँ नाफा गरेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमास र चालु आवको पहिलो त्रैमासको समिक्षा गर्दा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी नाफा आर्जन गर्ने कम्पनीको रुपमा नेपाल लाइफ देखिएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड २९ लाख रुपैयाँ आम्दानी गरेकाे छ भने सोही अवधिमा कम्पनीले ८ करोड ३९ लाख रुपैयाँ खर्च गरेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल लाइफको आम्दानी ३९ करोड २२ लाख रुपैयाँ रहेको थियो भने खर्च १८ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।
नेशनल लाइफ
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेशनल लाइफको नाफा ११ करोड ८३ लाख रुपैयाँ रहेको छ । नेशनल लाइफको चालु आर्थिक वर्षको पहिलो ३ महिनामा आम्दानी १५ करोड ९९ लाख रुपैयाँ रहेको भने खर्च ४ करोड १५ लाख रुपैयाँ रहेको छ ।
नेशनल लाइफको गत आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा ११ करोड ५३ लाख रुपैयाँ रहेको थियो । नेशनल लाइफले सोही अवधिमा १६ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो भने ४ करोड ८६ लाख रुपैयाँ खर्च गरेको थियो ।
एलआईसी नेपाल
एलआईसी नेपाललको चालु आर्थिक वर्षको पहिलो ३ महिनाको नाफा ५ करोड ७९ लाख रुपैयाँ रहेको छ । लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा ९ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ भने ३ करोड २ लाख रुपैयाँ खर्च गरेको छ ।
यस्तै, गत आर्थिक वर्षको पहिलो ३ महिनामा एलआईसीको नाफा २ करोड ३६ लाख रुपैयाँ रहेको छ । कम्पनीले सोही अवधिमा ७ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने ४ करोड ७८ लाख रुपैयाँ खर्च गरेको छ ।
एशियन लाइफ
एशियन लाइफको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ भने सोही अवधिमा १० करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ४ करोड २ लाख रुपैयाँ रहेको थियो । कम्पनीले २५ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको थियो भने २१ करोड २ लाख रुपैयाँ खर्च गरेको थियो ।
प्राईम लाइफ
प्राइम लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ७ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १५ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै, सोही अवधिमा कम्पनीले ३ करोड ३२ लाख रुपैयाँ खर्च गरेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा १० करोड २ लाख रुपैयाँ रहेको थियो । उक्त अवधिमा कम्पनीको आम्दानी १२ करोड ३४ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, सोही अवधिमा कम्पनीले २ करोड ३२ लाख रुपैयाँ खर्च गरेको थियो ।
निर्जीवन बीमा कम्पनीः
शिखर इन्स्योरेन्स
शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १२ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १२ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा यस कम्पनीको नाफामा ९ लाखको कमी आएको छ ।
यस्तै, गत आर्थिक वर्षको पहिलो ३ महिनामा शिखर इन्स्योरेन्स कम्पनीको आम्दानी १९ करोड ९५ लाख रुपैयाँ रहेको थियो । सोही अवधिमा कम्पनीले ७ करोड ८१ लाख रुपैयाँ खर्च गरेको थियो ।
यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शिखर इन्स्योरेन्सको आम्दानी २० करोड १० लाख रुपैयाँ रहेको छ भने खर्च ७ करोड ८७ लाख रुपैयाँ रहेको छ ।
सगरमाथा इन्स्योरेन्स
सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको पहिलोको पहिलो ३ महिनामा कम्पनीको आम्दानी ९ करोड ४२ लाख रुपैयाँ रहेको छ । यस्तै, कम्पनीले सोही अवधिमा ३ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा सगरमाथा इन्स्योरेन्स कम्पनीको नाफा ५ करोड १ लाख रुपैयाँ रहेको थियो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ भने ३ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ ।
प्रिमियर इन्स्योरेन्स
प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ । इन्स्योरेन्स कम्पनीले सोही अवधिमा १४ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ भने ६ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्स कम्पनीको नाफा ५ करोड ७८ लाख रुपैयाँ रहेको थियो । कम्पनीले गत आर्थिक वर्षको पहिलो ३ महिनामा १५ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो । सोही अवधिमा कम्पनीको खर्च ९ करोड ३६ लाख रुपैयाँ रहेको थियो ।
एनएलजी इन्स्योरेन्स
एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ६ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । इन्स्योरेन्स कम्पनीले सोही अवधिमा १२ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ भने ६ करोड २२ लाख रुपैयाँ खर्च गरेको छ ।
यस्तै, गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनएलजी इन्स्योरेन्स कम्पनीको नाफा ५ करोड २५ लाख रुपैयाँ रहेको थियो । एनएलजी इन्स्योरेन्स कम्पनीले गत वर्षको पहिलो त्रैमासमा १२ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो भने इन्स्योरेन्स कम्पनीले सोही अवधिमा ७ करोड ३८ लाख रुपैयाँ खर्च गरेको थियो ।
नेको इन्स्योरेन्स
नेको इन्स्योेरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षकोे पहिलो ३ महिनामा २० करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ । सोही अवधिमा कम्पनीले ७ करोड ९४ लाख रुपैयाँ खर्च गरेको छ ।
यस्तै, कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेको इन्स्योरेन्सको नाफा ७ करोड ५३ लाख रुपैयाँ रहेको थियो । जुन चालु आवको पहिलो त्रैमासभन्दा ४ करोड ९१ लाख रुपैयाँले कम हो । गत वर्षको पहिलो त्रैमासमा नाफा कमाउनेमा पहिलो भएको शिखरलाई उछिन्दै नेकोले चालु आवको पहिलो त्रैमासमा अग्रता कायम गरेको छ ।
नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको पहिलो ३ महिनामा १२ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो भने कम्पनीले सोही अवधिमा ५ करोड ६ लाख रुपैयाँ खर्च गरेको थियो ।
बीमा कम्पनीहरुको आर्थिक वर्ष २०७६ असोज मसान्त र २०७७ असोज मसान्तको आम्दानी र खर्चका परिसुचक: