काठमाडाैं । न्यु कटुवाल ग्रील उद्योगले महानगरिय प्रहरी बृत मालिगाउलाई सुरक्षा सामाग्री प्रदान गरेकाे छ । उद्योगले देशमा शान्ति सुरक्षा कायम गर्न र जनताको जिउधनको सुरक्षाको अग्रपंक्तिमा अहोरात्र खटिरहेका महानगरिय प्रहरी बृत मालिगाउलाई सुरक्षामा खटिदा आवश्यक पर्ने ब्यारिकेटर र सुरक्षा जाँच बोर्ड निःशुल्क प्रदान गरेकाे हाे ।
कटुवाल ग्रील उद्योगका प्रमुख मोहन कटुवालले मालिगाउ बृत प्रमुख डिएसपी खुमलाल भुसाललाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । सामान हस्तान्तरण गर्दै उद्योगका प्रमुख कटुवालले प्रहरी र जनता मिलेर मात्र समाजलाई सुरक्षित राख्न सकिने तथा प्रहरी र नागरिक एक अर्काका परिपूरक हुन भन्ने भावना जाग्रित गराउन सकिने भएकोले उद्याेगले उक्त सहयाेग गरेकाे हाे ।
उद्याेगले विगतका दिनदेखि प्रहरीलाई आवश्यक पर्ने उपकरणहरु निशुल्क रुपमा प्रदान गर्दै आइरहेकाे छ । उक्त अवसरमा कटुवालले जेष्ठ नागरिकहरुको संरक्षण गर्दै आइरहेको लप्सी फेदिस्थित जेपि प्रतिस्ठानलाई कोरोनाको संक्रमणबाट बच्न प्रयोग गरिने हेन्ड बाँस स्टेसन निशुल्क प्रदान गरेका छन् ।
उक्त सामानहरु ग्रहण गर्दै मालीगाउँ बृत प्रमुख डिएसपीले कटुवाल ग्रील उद्याेगबाट प्राप्त सामाग्रीहरुको प्रयोगवाट शान्ती सुरक्षा प्रदान गर्न नल मद्धत पुग्नुका साथै समुसाय र प्रहरीबीचको निकटतम सम्बन्ध थप सुमधुर हुने बताए । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष समेत रहेका कटुवालले अनाथलय, बृद्दाआश्रम, कृयापुत्रीभवन, स्कुल मठमन्दिरमा आवस्यक सामाग्री तयार गरि निःशुल्क प्रदान गर्दै आएका छन् ।
सुरक्षा सामाग्री हस्तान्तरण कार्यक्रममा ३० वडाका वडाअध्यक्ष, सामुदायिक प्रहरी सेवाका अध्यक्ष सरोकार मन्च धोबिधाराका अध्यक्ष कमलपोखरी क्लबका अध्यक्ष एवम स्थानिय समाजसेवीहरुको उपाथिति रहेको थियो ।