कोरोना बीमामा करिब ४ अर्ब रुपैयाँको दाबी

<p>काठमाडौ । हालसम्म कोरोना बीमामा ३ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ बराबरको दाबी परेको छ । सो दाबी मध्ये बीमा कम्पनीहरुले २ अर्ब ९७ करोड १६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । बीमा कम्पनीहरुले कोरोना बीमाबाट ९८ करोड ६६ लाख रुपैयाँ बीमाशूल्क संकलन गरेका छन् । बैशाख पहिलो हप्ताबाट कोरोना बीमा संचालनमा आएको [&hellip;]</p>

काठमाडौ । हालसम्म कोरोना बीमामा ३ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ बराबरको दाबी परेको छ । सो दाबी मध्ये बीमा कम्पनीहरुले २ अर्ब ९७ करोड १६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

बीमा कम्पनीहरुले कोरोना बीमाबाट ९८ करोड ६६ लाख रुपैयाँ बीमाशूल्क संकलन गरेका छन् । बैशाख पहिलो हप्ताबाट कोरोना बीमा संचालनमा आएको हो । उक्त बीमा निर्जीवन बीमा कम्पनीहरुले गर्दै आएका छन् ।

कम्पनीका परेको कुल दाबीमा हालसम्म ७१ करोड ७० लाख रुपैयाँ भुक्तानी भइसकेको छ । यस्तै, संकलन भएको बीमा शूल्कबाट कम्पनीले ५० करोड ८३ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

बीमा दाबी भुक्तानीको दायित्व बीमक, नेपाल पुनर्बीमासँगै बीमा समितिसम्म जोडिएको छ ।

Share News