काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को नयाँ विधान संशोधनको प्रक्रिया अगाडि बढेको छ । नव निर्वाचित कार्यसमितिले विधान संशोधनको प्रक्रिया अगाडि बढाएको बताएको छ ।
महासंघले विधान संशोधनका लागि पूर्वअध्यक्ष कुशकुमार जोशीलाई कार्यदलको संयोजकका रुमपमा छनोट गरेको बताइएको छ ।
महासंघमा पछिल्लो समय वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थाको विरोध हुने गरेको छ । सोही व्यवस्थालाई समेत परिमार्जन गर्ने गरी विधान संशोधनको तयारी महासंघले गरेको हो ।