काठमाडाैं । अछामकाे मेल्लेख गाँउपालिकमा पूर्वाधार व्यवस्थापन प्रणाली ई सिफारिस सम्बन्धी ३ दिने तालिम सम्पन्न भएकाे छ । गाँउपालिकामा हुने गरेका सबै गतिविधि डिजिटल प्रबिधिबाट गराउनकाे लागि त्यहाँका नागरिकलाई साे सम्बन्धी तालिमकाे दिइएकाे हाे ।
यससँगै नागरिकहरुले आइएमएस मेल्लेख एपबाट मेल्लेखको सबै गतिविधि थाहा पाउने भएका छन् । मालिक विकास संघको सुशासन परियोजना अन्तर्गत मेल्लेख गाँउपालिका सुचना प्रविधि शाखाको आयोजनामा तालिम सुरु गरेको थियो । मेल्लेख गाँउपालिकाले त्यहाँ हुने गरेका सबै गतिविधि डिजिटल प्रबिधिबाट नागरिकले सेवा पाउने गरि तालिम सम्पन्न गरेकाे हाे ।
मेल्लेख गाउपालिकामा विद्युतिय शासन प्रबर्द्धन गर्न र सुचना प्रविधिको उच्च प्रयोग तथा जनता सामू प्रविधि मार्फत पारदर्शिता र लक्षित वर्गमा प्रविधिको पहुँच सहजै पुर्याउने उदेश्यका साथ तालिम शुरू गरेको थियो । सुशासन परियोजना अन्तर्गत प्रविधिको माध्यमबाट के कसरी काम गर्न सकिन्छ भन्ने बिषयमा व्यापक छलफल भएकाे थियाे ।
साथै, जनता माझ इ सेवा पहुँच र प्रारदर्शिताका लागि टुल्स बनाएर अगाडि बढने जनाएको छ । यस्तै, सो परियोजनाका लागि मेल्लेख गाउपालिकाले विभिन्न सफ्टवेयर टुल बनाएर डिजिटल प्रविधि मार्फत देश विदेशबाट जानकारी प्राप्त गर्न सकिने, विकास निर्माणको अनुगमन अनलाइन प्रविधिबाट गर्न सकिने, अन्य सिफारिस गर्दा कागज बिहिन बनाई मेल्लेखका सबै वडाबाट अनलाइनबाट सिफारिस गरिने बिषयमा पनि अभ्यास गरिएको थियो ।
पूर्वाधार व्यवस्थापन प्रणाली, कृषि कार्यक्रम व्यवस्थापन प्रणाली, विद्युतीय बडा पत्र गुनासो व्यवस्थापन प्रणालीका लागि विभिन्न टुल्स र वेवसाइटको प्रयोग गरिने भएको छ । यसअघि पनि मेल्लेख गाउपालिकाले आफ्नो वेवसाइड मार्फत सफ्टवेर प्रयोग गरि डिजिटल मेल्लेख स्मार्ट मेल्लेखको मुल नारालाई मुलधार बनाइ प्रविधिको विकास बारे सुचना प्रविधि अधिकृत चन्द्र प्रकाश साउदले जानकारी गराएका थिए ।
मेल्लेखमा सुशासन परियोजना लागू भएसँगै सबै काम डिजिटल प्रविधिबाट गरिने विषयमा तालिममा छलफल भएको छ । तालिम समापन कार्यक्रम मेल्लेख गाउपालिकाका उपाध्यक्ष धन बहादुर शाहिको अध्यक्षतामा सम्पन्न भएको थियाे । कार्यक्रममा मेल्लेखका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ बहादुर खड्का, वडा न ७ नन्देगडाका वडा अध्यक्ष नर बहादुर साउद, प्राविधिक शाखा प्रमुख इन्जिनियर खडका खडक धामि, शिक्षा शाखा प्रमुख बिरेन्द्र खडका, नमराज भण्डारी, रोजगार सयोजक बिक्रम भण्डारी, कृषि शाखा प्रमुख दुर्गाप्रसाद जोशी, कार्यपालिका सदस्य जमुना दमाई लगायतको सहभागिता रहेको थियो ।
तालिममा विषयगत शाखाका प्रमुख वडा सचिव प्राविधिकहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण साफेबगर नगरपालिका सुचना प्रविधि शाखा प्रमुख कबिता कुवरले गरेका थिए भने तालिमकाे समापन मालिका बिकास जिल्ला सयोजक रतन रावलले गरेका थिए ।
सम्बन्धित समाचारः