उच्च लाभांश घोषणा गरेको नबिल बैंकको सेयर मूल्यमा सर्किट, प्रतिकित्ता कति पुग्याे ?

<p>काठमाडौं । वाणिज्य बैंकमध्ये उच्च लाभांश घोषणा गरेको नबिल बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार काराेबार खुलेकाे केही समयमै कम्पनीकाे सेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट लागेकाे हाे । लाभांश घोषणा गरेपछिको पहिलो कारोबारमा बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । जुन अघिल्लाे दिनकाे तुलनामा १२३ रुपैयाँले बढेर प्रतिकित्ता १३५४ रुपैयाँ [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकमध्ये उच्च लाभांश घोषणा गरेको नबिल बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार काराेबार खुलेकाे केही समयमै कम्पनीकाे सेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट लागेकाे हाे ।

लाभांश घोषणा गरेपछिको पहिलो कारोबारमा बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । जुन अघिल्लाे दिनकाे तुलनामा १२३ रुपैयाँले बढेर प्रतिकित्ता १३५४ रुपैयाँ पुगेको छ । जबकी सोमबारको बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता १२३१ रुपैयाँ रहेको थियो ।

बैंककाे मार्केट डेप्थ अनुसार कम्पनीकाे सेयर किन्नेकाे चाप रहेकाे छ भने बिक्रीकर्ता काेही पनि छैनन् । याे समाचार तयार पर्दासम्म बैंककाे ८ लाख २९ हजार ६९७ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेकाे देखिन्छ ।

नबिल बैंकले हिजो सोमबार मात्रै गत आर्थिक वर्षको लाभांश घोषणा गरेको थियो । बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सम्बन्धित समाचार

नेप्सेको इन्डेक्स नै हल्लाउने नबिलले जारी गर्यो लाभांश, अरु ४ कम्पनीले कहिले गर्लान् ?

नबिल बैंकले घोषणा गर्यो दुई वर्ष यताकै उच्च लाभांश, बाेनस मात्रै ३३ प्रतिशत बढी

Share News