स्मार्टडोकोको अपडेटेड नयाँ भर्सनको एप पुन लन्च हुँदै, सामान किन्दा विभिन्न अफर पाइने

<p>काठमाडौं । आइएमएस ग्रुपको लगानीपछि इ-कर्मश कम्पनि स्मार्टडोकोले मोबाइल एप तथा वेभसाईटको नयाँ भर्जन अपडेटेड गरी पुन लन्च गर्ने भएको छ । यस नयाँ अपडेटेड स्मार्टडोकोले ग्राहकलाई सामानहरु खरिद गर्न थप सहज प्रदान गर्ने कम्पनीले जनाएको छ । यही अवसरमा स्मार्टडोकोले “स्मार्टडोको २०२१ रिलोडेड्” पनि ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले विभिन्न छुटको लाभ [&hellip;]</p>

काठमाडौं । आइएमएस ग्रुपको लगानीपछि इ-कर्मश कम्पनि स्मार्टडोकोले मोबाइल एप तथा वेभसाईटको नयाँ भर्जन अपडेटेड गरी पुन लन्च गर्ने भएको छ । यस नयाँ अपडेटेड स्मार्टडोकोले ग्राहकलाई सामानहरु खरिद गर्न थप सहज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यही अवसरमा स्मार्टडोकोले “स्मार्टडोको २०२१ रिलोडेड्” पनि ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले विभिन्न छुटको लाभ उठाउन सक्नेछन् ।

ग्राहकहरुले सबै अफरहरु प्राप्त गर्नका लागि स्मार्टडोकोको नयाँ भर्जन् एप् अप्डेट वा डाउनलोड गर्नुपर्नेछ । यो अफर २५ डिसेम्बर देखि १ जनवरी २०२१ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

के के छन् अफरहरू ?

स्मार्टडोकोबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट गिफ्टकार्डको आधारमा पाउनेछन् । जसमा न्युनतम् अर्डर भ्यालु रु. २५०० हुनुपर्नेछ र यो अफर ग्राहकहरुलाई पहिलो भुक्तानि गर्दा मात्र लागु हुनेछ । सेलपपेबाट रकम भुक्तानी गर्दा एकहजार लोयल्टिी पोइन्टस् क्यासब्याकको रुपमा पाउनेछन् र नेपालभर निःशुल्क डेलिभरी पाइनेछ । जुन ग्राहकहरुले यस अफर १ पटक मात्र प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, ई-सेवाबाट भुक्तानी गर्दा ३ भाग्यशाली व्यक्तिले १५ सयसम्मको क्यासब्याक पाउनेछन् । हिमालयन बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. १००० को सिमा हुने छ । नेपाल इन्भेष्टमेन्ट बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जम्मा रु. १००० को सिमा हुने छ । यसमा न्यूनतम् अर्डर रु. २००० को हुनुपर्ने छ ।

माच्छापुच्छ्रे बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. ५०० को सिमा हुने छ । सामसुङ, एमआई र वन् प्लस् ब्राण्डका स्मार्टफोन खरिद गर्दा एक वर्षसम्मको बे्रकेज बीमा सुविधा पाइनेछ । हरेक दिन एकजना व्यक्तिले १० हजारसम्मको गिफ्ट ह्याम्पर जित्ने मौका पाउनेछन् । (ब्राण्डहरुः  मामाअर्थ, ट्रेसमे, गोल्डेन्फ्रेसमार्ट, नेचर्स् केयर, एसेन्सियल् लिभिङ, एक्सएज्, डाक्टरब्राउन, बिबिलभ्, ह्यप्पि फिट् र एभरयुथ)

१ रुपैया गेममा १ भाग्यशाली ग्राहकले इनर्जाजरको पावर बैंक जित्ने मौका पाउनेछन् ।  २५ डिसेम्बर, विहान १२ बजे देखि विहान १० बजे सम्म अर्डर गर्ने ग्राहकहरुलाई नेपाल भरी फ्रि डेलिभरीको सुविधा उपलब्ध गराईएको छ । फ्ल्यास–सेल र अन्य अफरहरु पनि छन् ।

“स्मार्टडोकोमा लगानी गरेपछि र यसलाई आईएमएस ग्रुपमा समावेश गरिसकेपछि हामी हाम्रा ग्राहकहरूलाई स्मार्टडोकोको नयाँ भर्जन चिनाउँन चाहन्छौं । भर्खरै नयाँ लोगोको परिचय गरिसकेपछि, हामीले हाम्रो वेबसाइट र मोबाइल एपलाई सुधारगरी नयाँ रूप दिएका छौं ताकि उपयोगकर्तालाई अनुकूल ईन्टरफेसको अनुभव होस् । यसबाहेक, स्मार्टडोकोले अब दैनिक फ्ल्यास–सेल र धेरै उत्साहजनक प्रस्तावहरू प्रत्येक दिन ल्याई, छिटो डेलिभरीको सेवा, नगद, कार्ड, सेलपे, ई–सेवा, अमेरिकन् एक्सप्रेस र रिवार्ड पोइन्टहरू सहित भुक्तानिको थुप्रै विकल्पहरू प्रस्तुत गरेका छौं । साथै, स्मार्टडोकोको नयाँ प्रणालीबाट विक्रेताहरुले आफ्नो मूल्य र स्टकहरु आफै अपडेट गर्न सक्नेछन्, जसका लागि इच्छुक विक्रेताहरूले हामीसँग सम्पर्क गर्न सक्नेछन् । हाम्रो मूल्यवान ग्राहकहरुलाई आवश्यक परेको बेलामा हाम्रो ग्राहक सेवा केन्द्रले सेवा प्रदान गर्नेछन् । हामीलाई विश्वास छ कि हाम्रा ग्राहकहरूले सहज अनलाइन शपिंगको अनुभव गर्नेछन् ।” आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ दिकेश मल्होत्राले बताए ।

Share News