सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब हेटौंडा उपमहानगरपालिका वडा नं. १८मा

<p>काठमाडौं । सिभिल बैंकले ठुलो दमार चोक, हर्नामाडी स्थित हेटौंडा उपमहानगरपालिका वडा नं. १८मा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन हेटौंडा उपमहानगरपालिकावडा नं. १८ का अध्यक्ष अनिल बानियाले गरेका हुन् । यससँगै अब त्यस क्षेत्रका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग गर्न सक्नेछन् । करिब [&hellip;]</p>

काठमाडौं । सिभिल बैंकले ठुलो दमार चोक, हर्नामाडी स्थित हेटौंडा उपमहानगरपालिका वडा नं. १८मा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन हेटौंडा उपमहानगरपालिकावडा नं. १८ का अध्यक्ष अनिल बानियाले गरेका हुन् ।

यससँगै अब त्यस क्षेत्रका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग गर्न सक्नेछन् ।

करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा६ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करिब ७० अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

Share News