यति कार्पेटको उत्पादन बिक्री शुरु, ग्राहकमुखी गुणस्तर र एकरुपतालाई निरन्तरता

<p>काठमाडौं । केडिया अर्गनाइजेशनको उत्पादन यति कार्पेटले आफ्नो उत्पादन बजारमा ल्याएको छ । केडिया अर्गनाइजेशनका अध्यक्ष अनिल केडियाले पुनः गुणस्तरिय यतिका कार्पेट बजारमा ल्याएको बताएका हुन् । यति कार्पेटको नेपालमा उत्पादनको ३० वर्ष भइसकेको छ । विभिन्न आर्कषक डिजाइन तथा रङ्गहरुमा बजारमा उपलब्ध यति कार्पेटले आफ्नो उत्पादनलाई बिगतको भन्दा ३ गुणाले बढाएको जनाएको छ । [&hellip;]</p>

काठमाडौं । केडिया अर्गनाइजेशनको उत्पादन यति कार्पेटले आफ्नो उत्पादन बजारमा ल्याएको छ । केडिया अर्गनाइजेशनका अध्यक्ष अनिल केडियाले पुनः गुणस्तरिय यतिका कार्पेट बजारमा ल्याएको बताएका हुन् ।

यति कार्पेटको नेपालमा उत्पादनको ३० वर्ष भइसकेको छ । विभिन्न आर्कषक डिजाइन तथा रङ्गहरुमा बजारमा उपलब्ध यति कार्पेटले आफ्नो उत्पादनलाई बिगतको भन्दा ३ गुणाले बढाएको जनाएको छ ।

जर्मन प्रबिधिबाट यती कार्पेट उत्पादन गरिन्छ । यति फलोरिङ्ग नेपालकै सबैभन्दा ठूलो कार्पेट उत्पादक कम्पनी हो । जसबाट उत्पादित कार्पेटले हरेक नेपालीको मन जित्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीले शूरुवाती उत्पादनदेखि नै ग्राहकमुखी गुणस्तर र एकरुपताको निरन्तरतालाई अंगाल्दै आएकाे छ ।

Share News