नबिल र एनसीसीबीच मर्जरको प्रयास, ६ महिनामा साढे ६ खर्बको आयात

<p>काठमाडाैं ।  नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंकको मर्जरका लागि भएको पर्दाभित्रको ‘होमवर्क’ खुल्ला हुने चरणमा पुगेको छ । बैंकको २३औं वार्षिक साधारणसभा भोलि (माघ ९ गते) हुने भएकोले सो साधारणसभामा पर्दा खुल्ने अपेक्षा सेयरधनीले गरेका छन् । यस्तै, बिहीबारको सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक पौने २४०० बिन्दुमा पुगेको छ । तीव्र उतारचढाव भएको बजारमा [&hellip;]</p>

काठमाडाैं ।  नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंकको मर्जरका लागि भएको पर्दाभित्रको ‘होमवर्क’ खुल्ला हुने चरणमा पुगेको छ । बैंकको २३औं वार्षिक साधारणसभा भोलि (माघ ९ गते) हुने भएकोले सो साधारणसभामा पर्दा खुल्ने अपेक्षा सेयरधनीले गरेका छन् ।

यस्तै, बिहीबारको सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक पौने २४०० बिन्दुमा पुगेको छ । तीव्र उतारचढाव भएको बजारमा परिसूचक ३१.८७ अंकले बढेर २३७४.६४ बिन्दुमा पुगेको हो । जुन नेपालको पुँजीबजारको इतिहासकै उच्च बन्दु हो ।

यी हुन् आज दिनभरका सामग्री:

खुल्दै एनसीसी बैंकको पर्दाभित्रको ‘होमवर्क’ 

नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंकको मर्जरका लागि भएको पर्दाभित्रको ‘होमवर्क’ खुल्ला हुने चरणमा पुगेको छ । बैंकको २३औं वार्षिक साधारणसभा भोलि (माघ ९ गते) हुने भएकोले सो साधारणसभामा पर्दा खुल्ने अपेक्षा सेयरधनीले गरेका छन् ।

६ महिनामा साढे ६ खर्बको आयात

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको छ महिनाको (साउनदेखि पुस मसान्तसम्म) तथ्याङ्क अनुसार ५ प्रतिशत आयातमा कमी आउँदा ६ प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।

राष्ट्रिय सहकारी बैंकको प्रतिस्पर्धी आउँदै

सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकको प्रतिस्पर्धी आउन लागेको छ । अहिले संचालनमा रहेको राष्ट्रिय सहकारी बैंकले आवश्यकता अनुसारको गतिविधि संचालन गर्न नसकेको भन्दै नेपाल सहकारी बैंक स्थापनाको प्रस्ताव गरिएको छ ।

नेप्से पौने २४०० बिन्दुमा

बिहीबारको सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक पौने २४०० बिन्दुमा पुगेको छ । तीव्र उतारचढाव भएको बजारमा परिसूचक ३१.८७ अंकले बढेर २३७४.६४ बिन्दुमा पुगेको हो । जुन नेपालको पुँजीबजारको इतिहासकै उच्च बन्दु हो ।

पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट कम्पनीले आईपीओ जारी गर्ने

पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । उक्त आईपीओ निष्काशनको लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बिहिबार ६०० ले उकालाे लाग्याे सुनकाे मूल्य

बिहिबार सुनकाे मूल्य ६०० ले उकालाे लागेकाे छ । बुधबार  प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा काेराेबार भएकाे सुन बिहिबार ताेलाकाे ९३ हजार १ सय रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ ।

कामपा आठौँ अधिवेशन: तीन विधेयक पारित

काठमाडौं महानगरपालिकाको आठौँ अधिवेशनले तीन वटा विधेयक पारित गरेको छ । पारित भएका विधेयकमा ‘काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक—२०७७’, ‘काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक—२०७७’ र ‘काठमाडौँ महानगरपालिका संस्था दर्ता तथा नियमनसम्बन्धी विधेयक—२०७७’ रहेको छ ।

Share News