सगरमाथा ईन्स्योरेन्सका बीमित तथा कर्मचारीले सिद्वार्थ विजनेश ग्रुपकाे हाेटलमा छुट पाउने

<p>काठमाडाैं । सगरमाथा ईन्स्योरेन्स कम्पनीमा बीमा गरी भीआइपी कार्ड लिएका बीमित, बीमितका परिवार, सगरमाथा इन्स्याेरेन्स कम्पनीका कर्मचारी र सञ्चालक तथा उनका परिवारले सिद्वार्थ विजनेश ग्रूप अफ हस्पिटालिटीकाेमा छुट पाउने भएका छन् । ईन्स्याेरेन्स कम्पनीका कर्मचारी र उनकाे परिवारहरुले सिद्वार्थ विजनेश ग्रूप अफ हस्पिटालिटीकाे सबै हाेटल, रिसाेर्ट र क्याफेमा छुट  पाउने भएका हुन् । दुई कम्पनीबीच आइतबार छुट [&hellip;]</p>

काठमाडाैं । सगरमाथा ईन्स्योरेन्स कम्पनीमा बीमा गरी भीआइपी कार्ड लिएका बीमित, बीमितका परिवार, सगरमाथा इन्स्याेरेन्स कम्पनीका कर्मचारी र सञ्चालक तथा उनका परिवारले सिद्वार्थ विजनेश ग्रूप अफ हस्पिटालिटीकाेमा छुट पाउने भएका छन् । ईन्स्याेरेन्स कम्पनीका कर्मचारी र उनकाे परिवारहरुले सिद्वार्थ विजनेश ग्रूप अफ हस्पिटालिटीकाे सबै हाेटल, रिसाेर्ट र क्याफेमा छुट  पाउने भएका हुन् ।

दुई कम्पनीबीच आइतबार छुट सम्बन्धी सम्झाैता भएकाे हाे । कम्पनीका कर्मचारीहरुले खानामा १० प्रतिशत छुट र बसाईमा २५ प्रतिशतसम्म छुट पाउनेछन् ।

याे सुविधा सिद्वार्थ विजनेश ग्रूप अफ हस्पिटालिटीकाे देशभर रहेकाे २१ वटा हाेटलमा पाइने कम्पनीले जनाएकाे छ । देशकाे आन्तरिक पर्यटन सेवामा टेवा पुर्याउने उदेश्यले दुइ संस्थाबीच यस्ताे समझदारी गरेकाे कम्पनीले जनाएकाे छ ।

 

Share News