काठमाडौं । आज (माघ १४ गते) बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको ३१ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता २१९२ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २८७२ रुपैयाँमा किनबेच भएको थियो ।
यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता २१९२ रुपैयाँदेखि शुरु हुने छ ।