काठमाडौं । नेप्सेमा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार मात्रै सिटिजन्स बैंक, फर्ष्ट माइक्रोफाइनान्स, साल्ट ट्रेडिङ्ग कर्पोरेसन गरी तीनको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमध्ये सिटिजन्स बैंकको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको ७२ लाख ७१ हजार ८५३ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।
त्यस्तै, फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ९.५० प्रतिशत बोेनस सेयर सूचीकृत भएको छ । संस्थाको ७ लाख ६० हजार ७०४ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।
त्यसैगरी, साल्ट ट्रेडिङ्ग कर्पोरेसनको २५ प्रतिशत अर्थात ३ लाख ८४ हजार ४८८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
यससँगै, यी तीनवटै कम्पनीको सो मात्राको बोनस सेयर केही दिनमै सेयरधनीको खातामा जानेछ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।