धितोपत्र बोर्डको संचालक समिति सदस्यमा चन्द्र ढकाल

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको संचालक समिति सदस्यमा नियुक्त भएका छन् । महासंघको तर्फबाट नियुक्त हुने सदस्यमा ढकाल नियुक्त भएका हुन् । यसअघि महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सदस्य थिए । महासंघले आफ्नो तर्फबाट नियुक्त हुने सदस्यमा वरिष्ठ उपाध्यक्ष ढकाललाई पठाउने निर्णय गरेको [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको संचालक समिति सदस्यमा नियुक्त भएका छन् ।

महासंघको तर्फबाट नियुक्त हुने सदस्यमा ढकाल नियुक्त भएका हुन् । यसअघि महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सदस्य थिए । महासंघले आफ्नो तर्फबाट नियुक्त हुने सदस्यमा वरिष्ठ उपाध्यक्ष ढकाललाई पठाउने निर्णय गरेको हो ।

बोर्डको ७ सदस्यीय संचालक समितिमा कार्यकारी अध्यक्ष र विज्ञ संचालक गरी सरकारले २ जना सदस्य नियुक्त गर्छ । बाँकी ५ जना भने पदेन सदस्य रहने गरेका छन् । सरकारले कार्यकारी अध्यक्ष भिष्मराज ढुंगाना र विज्ञ संचालकमा अशोककुमार पौडेललाई नियुक्त गरेको छ ।

अन्य सदस्यहरुमा अर्थमन्त्रालय र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव सदस्य बन्छन् । अहिले अर्थमन्त्रालयको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको तर्फबाट सहसचिव निर्मला अधिकारी भट्टराई सदस्य छन् ।

यस्तै, नेपाल राष्ट्र बैंकका एक जना कार्यकारी निर्देशक र चार्टर्ड एकाउन्टेन्ट संस्था नेपालको तर्फबाट एक जना सदस्य बन्ने व्यवस्था छ । सो व्यवस्था अनुसार राष्ट्र बैंकबाट कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र चार्टर्ड एकाउन्टेन्ट संस्थाका उपाध्यक्ष युद्धराज ओली संचालक समिति सदस्य छन् ।

Share News