महिला लघुवित्तको आईपीओ माघ २८ गतेदेखि भर्न पाइने

<p>काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) आगामी माघ २८ गतेदेखि भर्न पाइने भएको छ । संस्थाले सो दिनदेखि कूल ४ करोड रुपैयाँ बराबरको आईपीओको बिक्री खुला गर्न लागेको हो । गत माघ ८ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको लघुवित्तले सो मात्रा अर्थात प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ४ लाख [&hellip;]</p>

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) आगामी माघ २८ गतेदेखि भर्न पाइने भएको छ । संस्थाले सो दिनदेखि कूल ४ करोड रुपैयाँ बराबरको आईपीओको बिक्री खुला गर्न लागेको हो ।

गत माघ ८ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको लघुवित्तले सो मात्रा अर्थात प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ४ लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । जसमध्ये ०.५० प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वधारणलाई निष्काशन गरिने संस्थाले जनाएको छ ।

यससँगै, इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा फागुन २ गते र ढिलामा फागुन १२ गतेसम्म हुनेछ ।

उक्त सेयर निष्काशनको लागि संस्थाले ईक्रा नेपालबाट ‘‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ क्रेडिट रेटिङ्ग पाएको छ ।

हाल लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेकाे छ । ४ करोडको आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचारः

महिला लघुवित्तले आईपीओ जारी गर्ने, पायो बोर्डको स्वीकृति

Share News