काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
माघ १७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद गरी ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
हाल संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख रुपयाँ रहेको छ । १० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २० करोड ५९ लाख रुपैयाँ नाघ्ने छ ।