काठमाडाैं । चौधरी ग्रुप अन्तर्गत रहेको गोद्रेज तथा टिसिएल ब्राण्डको क्षेत्रिय सम्मेलन सौराहामा सम्पन्न भएको छ । विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आफ्नाे प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको विक्री वितरण गर्दै आएको छ ।
ग्बोल नं. २ ब्राण्ड टि.सि.एल र ६३ वर्ष भन्दा पुरानो इतिहास बोकेको गोद्रेज एप्लाईन्सेस को यस क्षेत्रिय सम्मेलनमा आफ्नो व्यापारिक सझेदारबीच कम्पनीले आफ्नो मिसन/भिजन, रणनीती, विभिन्न चुनौती र अवसरका बारेमा बृहतरुपमा छलफल गरेको थियाे ।
उक्त सम्मेलनलाई टि.सि.एल. कर्पाेरेशन की डाइरेक्टर अफ एशियन डिस्ट्रिब्युसन् बिजनेस मिस केरोलिनले विगत १५ वर्ष देखिको चौधरी ग्रुपसँगको व्यापारीक साझेदारी आगामी वर्षहरुमा थप स्मार्ट र हेल्दियर प्रोडक्टहरुमा फोकस रहने जानकारी दिइन । साथै गोद्रेज एप्लाईन्सेस इन्डियाका एक्पोर्ट हेड सलाम सिंङ्गले गोद्रेजका नयाँ इनोभेटिभ प्रोडक्टहरु बजारमा ल्याउने तथा , एक्सक्लुसिभ शोरुम नेपालमा बनाउने र २०२२ सम्ममा गोद्रेजलाई नेपालको नं.२ ब्राण्ड बनाउने बताए ।
कार्यक्रममा चौधरी ग्रुपका म्यानेजिङ डिरेक्टर निर्भाना चौधरीले पनि सम्पूर्ण व्यापारीक साझेदारहरुलाई विगत वर्षमा रहेको चुनौती पूर्ण व्यापारीक वातावरणमा पनि साथ, सहयोग दिएर व्यापारलाई अझ माथी पु¥याउन सहयाेग गरेकाेमा धन्यवाद दिए ।साथै,उक्त चुनौतीबाट अवसर पनि सृजना भएको र आउने दिनहरुमा यसरी नै क्षेत्रिय स्तरमा, व्यापारलाई अझ बढाएर एकिकृत उपलब्धी गर्ने र आउने वर्षमा व्यापारलाई दोब्बर गर्ने विश्वास र प्रतिवद्धता व्यक्त गरे ।
यस गोद्रेज तथा टिसिएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तरगत इ.ओ.एल. प्रा.िल रहेको छ ।