
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको विशेष कार्ड ज्योति केयर कार्ड बहाकले मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरमा सर्टिङ, सुटिङ तथा टेलरिङ सेवा लिँदा २० प्रतिशत छुट पाउने भएका छन् ।
यस सेवामा सहकार्य गर्ने विषयमा दुई कम्पनीबीच आइतबार सम्झौता भएको छ । सम्झौता पत्रमा मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरका कार्यकारी निर्देशक मोहन मान जोशी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कर्पोरेट सोलुशन विभाग प्रमुख सनन्दन पोखरेलले हस्ताक्षर गरेका छन् ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले निश्चित मापदण्ड पूरा गरेको ग्राहक, कर्मचारी, अभिकर्ता र सेयरधनीलाई ज्योति केयर कार्ड प्रदान गर्दै आएको छ । उक्त कार्ड बहाकले मेरिना इम्पेक्सको विभिन्न स्थानमा रहेका चार शाखाहरुबाट २० प्रतिशत छुटमा सर्टिङ, सुटिङ र टेलरिङ सेवा लिन सक्ने मेरिना इम्पेक्सले जनाएको छ ।
‘लामो समयदेखि सर्टिङ सुटिङ क्षेत्रमा प्रदान गर्दै आएकाे गुणस्तरीय सेवा र ग्राहकको सन्तुष्टिले हामीलाई सेवा विस्तारमा उत्साहित बनाएको छ । हामी अत्यान्तै सुपथ मूल्यमा उच्च गुणस्तरयुक्त सटिङ, सुटिङ तथा टेलरिङ सेवा प्रदान गर्नेछौं’ मेरिना इम्पेक्सले प्रेस विज्ञप्ती मार्फत प्रतिवद्धता जनाएको छ ।