जनउत्थान सामुदायिकले घोषणा गर्यो चार वर्ष यताकै उच्च लाभांश, बोनस मात्रै ४९% बढी

<p>काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो चार वर्ष यताकै उच्च लाभांश हो । माघ १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको ४९.४० प्रतिशत [&hellip;]</p>

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो चार वर्ष यताकै उच्च लाभांश हो ।

माघ १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको ४९.४० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.६० प्रतिशत नगद गरी ५२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ७ करोड ९२ लाख रुपयाँ रहेको छ । प्रस्तावित ४९.४ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ११ करोड ८३ लाख रुपैयाँ नाघ्ने छ ।

लाभांश इतिहास

प्रस्तावित लाभांश गत चारवर्ष यताकै उच्च लाभांश दर हो । संस्थाले यसअघि २६ प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको थिएन । संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७५/७६को नाफाबाट २६.३२ प्रतिशत, आव २०७४/२०७५ को नाफाबाट २१.०५ प्रतिशत, आव २०७३/२०७४ को नाफाबाट पनि २१.०५ र आव २०७२/२०७३को नाफाबाट  २० प्रतिशत लाभांश पाएका थिए ।

Share News