काठमाडाैं । अजोड इन्स्योरेन्स र मिग होल्डिङसबीच सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ ।
मंगलबार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिग होल्डिङसका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
याे सहमतिसँगै अजोड इन्स्योरेन्सबाट मिग होल्डिङसका सम्पूर्ण कर्मचारीहरु तथा लगानीकर्ताहरुले सामुहिक दुर्घटना बीमा सेवा लिन सक्नेछन् ।