काठमाडौं । चिलिमे हाइड्रो पावर कम्पनीको बोनस सेयर नेपाल स्टक एक्स्चेञ(नेप्से) सूचीकृत भएको छ । संस्थाको आज (माघ २१ गते) बुधबार मात्रै १० प्रतिशत अर्थात ५७ लाख ९ हजार ७६२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
यससँगै अबको केही दिनमा कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।