‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ अफरः अब मात्र केही दिन लागू हुने

<p>काठमाडौं । डिशहोमले ल्याएको ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ अफर अब केही दिन मात्र बाँकी रहेको छ । गत २०७६ फागुन २ गतदेखि सञ्चालनमा आएको यो अफर अब माघ २९ गतेसम्म मात्र लागु हुने डिशहोमले जनाएको छ । उक्त अफर अन्तर्गत हाल सम्म ८८ जनाभाग्यशाली ग्राहकले जनही एक लाख रुपैयाँ नगद जितेका छन् । साथै, अन्य [&hellip;]</p>

काठमाडौं । डिशहोमले ल्याएको ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ अफर अब केही दिन मात्र बाँकी रहेको छ । गत २०७६ फागुन २ गतदेखि सञ्चालनमा आएको यो अफर अब माघ २९ गतेसम्म मात्र लागु हुने डिशहोमले जनाएको छ ।

उक्त अफर अन्तर्गत हाल सम्म ८८ जनाभाग्यशाली ग्राहकले जनही एक लाख रुपैयाँ नगद जितेका छन् । साथै, अन्य वार्षिक रिचार्ज गर्ने ग्राहकले पनि वार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट प्राप्त गरका छन् । जसले गर्दा न्युनतम शुल्कमा ग्राहकले गुणस्तरीय सेवा उपभोग गर्न पाएका कम्पनीले जनाएको छ ।

नेपाल भरि रहेका डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर वा कुनै पनि अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गरे बापत विक्ली लक्की ड्र मा भाग लिने अवसर प्राप्त हुनेछ ।

Share News