काठमाडाैं । हालै रिलन्च भएको स्मार्टडोको अनलाइन सपिगं पोर्टलले भ्यालेन्टाइन्सकाे अवसरमा ‘डोको भरी माया’ अफर ल्याएकाे छ । आफ्ना ग्राहकलाई रोमान्चकारी विशेष उपहार दिने उद्देश्यले पाेर्टलले उक्त अफर ल्याएकाे हाे ।
यसका अतिरिक्त, यस अवधिमा स्मार्टडोको अनलाइनबाट खरिद गर्ने ग्राहकलाई रोमान्टिक रात्रीकालीन वास, खाना र स्पा समेतको व्यवस्था १० जना भाग्यशाली जोडीहरुलाई उपलब्ध गराउने छन् ।
जसमा भाग्यशाली एक जोडीलाई भिल्ला ७२, उत्तरढोकामा लन्च वा डिनर, भाग्यशाली दुई जोडीलाई भोजघर गैरीधारामा, क्याण्डल लाइट डिनर, भाग्यशाली दुई जोडीलाई होटल चौतारी पोखरामा दुइ रात तीन दिनको प्याकेज, भाग्यशाली तीन जोडीलाई होटल विराजमानको भुसे चुलोमा लन्च वा डिनर र भाग्यशाली दुई जोडीलाई किन्जला स्पा, झम्सीखेलमा वेल्नेस स्पा रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै, एक हजार रूपैयाँभन्दा बढीको सामान खरिद गर्ने शुरुका ५० जना ग्राहकलाई निःशुल्क भ्यालेन्टाइन्स् मास्क उपलब्ध गराइने छ । साथै १ रूपैयाँको खेलबाट गिफ्ट ह्याम्पर जित्ने अवसर प्राप्त गर्न सकिनेछ ।
यो सुविधा १४ फेब्रुअरी सम्मलाई मात्र लागू रहने छ ।