आरएमडीसी लघुवित्तको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज(माघ २७ गते) १५ प्रतिशत अर्थात १३ लाख ४८ हजार ९८५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै, उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, केही दिनपछि दोश्रो बजारमा किनबेच गर्न पाइने छ । गत [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज(माघ २७ गते) १५ प्रतिशत अर्थात १३ लाख ४८ हजार ९८५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

यससँगै, उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, केही दिनपछि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

गत मंसिर २२ गते सम्पन्न संस्थाकाे वार्षिक साधारणसभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेकाे थियाे ।

सम्बन्धित समाचार

आरएमडीसी लघुवित्तका सेयरधनीले २० प्रतिशत लाभांश पाउने निश्चित

Share News