काठमाडौं । अजोड इन्स्योरन्सको खुद नाफा ७५.७५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७५/७६ को पहिलो ६ महिना अर्थात पुस मसान्तसम्ममा २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आव २०७६/७७ को सो अवधिमा ४ करोड ६ लाख लाख रुपैयाँ आर्जन गर्न सफल भएको हो । जुन रकमको आधारमा एक करोड ७५ लाख रुपैयाँले बढी हो ।
समीक्षा अवधिमा कम्पनीले २० करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४ करोड ९ लाख रुपैयाँ बढी हो । कम्पनीले अघिल्लो आवको पुस मसान्तसम्ममा १६ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
चुक्ता पुँजी एक अर्ब रुपैयाँ भएको यस कम्पनीको जगेडा कोषमा ६ करोड ६३ लाख रुपैयाँ बढी छ । उक्त कोषमा अघिल्लो वर्षमा २ करोड ७९ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीले ७१ हजार ३०७ वटा बीमालेख जारी गरी कूल ६८ करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, १ हजार ९१० वटा दाबीबाट कूल २० करोड ७५ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ८.१३ रुपैयाँ र प्रति सेयर नेटवर्थ १ सय १५ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९० रुपैयाँ र पीई अनुपात ८२.९० गुणा रहेको छ ।
यस्ताे छ कम्पनीकाे याेजना
यस अवधिमा कम्पनीको कुल बीमाशुल्क आम्दानी र तरलतामा वृद्धि भई संस्थाको वित्तीय स्थिति सन्तोष्जनक रहेको छ । कम्पनीको कूल बीमा शुल्क क्रमिक रुपमा बढ्दै गएकोले आगामी दिनहरुमा व्यवसायिक विविधिकरण गरी गुणस्तिरिय ग्राहकमुखी नयाँ सेवा सुविधा शुरु गरी कम्पनीलाई अझ वित्तीय रुपमा सबल बनाउने कम्पनीको योजना रहेको छ ।