काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा मितेरी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । आज (माघ २९ गते) संस्थाको १५ प्रतिशत अर्थात १० लाख ४० हजार ५६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।
यससँगै, उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, केही दिनपछि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।