काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा करिव ३३ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीले कुल बीमा शुल्क ६८ करोड ३० लाख आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १०.४९ प्रतिशत बढी हो । यहि अवधिमा कम्पनीले ४८ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको छ ।
यस वर्ष कम्पनीले ८२ हजार बीमालेख जारी गरेको छ भने २ हजार ५२७ बीमितलाई दावी भुक्तानी गरेको छ ।
१ अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको विभिन्न कोषमा एक अर्ब ५ करोड संचित रकम रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी १७ रुपैयाँ ९५ पैसा छ भने प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ८१ पैसा रहेको छ । पीई अनुपात ३६.९३ रहेको छ ।
पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ७८० रुपैयाँमा कारोबार भईरहेको छ ।