काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात लुघवित्तको सेयर मूल्य प्रतिकित्ता २३३३ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २७९९ रुपैयाँमा किनबेच भएको थियो ।
यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता २३३३ रुपैयाँदेखि शुरु हुने छ ।