नेपाल लाइफको नाफा ३१ प्रतिशतले बढ्यो, ६ महिनामा १७ अर्ब बीमाशुल्क आर्जन

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम ६ महिनामा ३१.४० प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ४२ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफामा बीमाङ्किय मूल्याङ्कनपछि प्राप्त हुन नाफा जोडिएको छैन । गत वर्ष सोही अवधिमा कम्पनीले ३५ करोड ९ लाख रुपैयाँ मात्रै नाफा [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम ६ महिनामा ३१.४० प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ४२ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफामा बीमाङ्किय मूल्याङ्कनपछि प्राप्त हुन नाफा जोडिएको छैन । गत वर्ष सोही अवधिमा कम्पनीले ३५ करोड ९ लाख रुपैयाँ मात्रै नाफा गरेको थियो ।

६ महिनामा कम्पनीले १७ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३ अर्ब १७ करोढ रूपैयाँले बढी हो । गत आवको पुस मसान्तसम्ममा कम्पनीले १३ अर्ब ९१ करोड रूपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ छ । जगेडा तथा कोषमा १ अर्ब ५ करोड रुपैयाँ छ । जीवन बीमा कोषमा एक खर्ब रुपैयाँ बढी छ भने महाविपत्ती कोषमा ५९ करोड ८९ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११.९४ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १२२.९५ रुपैयाँ छ । पीई अनुपात २०४.०४ गुणा रहेको छ । हाल यस कम्पनीको सेयर प्रतिकित्ता २४३६ रुपैयाँमा कारोबार भईरहेको छ ।

थप समाचार

नेपाल लाइफले अंकित मूल्य ५० रुपैयाँ बनाउने निश्चित, पारित भयो ५१ प्रतिशत लाभांश

Share News