नेको इन्स्योरेन्सको नाफा ६० प्रतिशतले बढ्यो

<p>काठमाडौं । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको पुस मसान्तमा २६ करोड ४० लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६०.२९ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १६ करोड ४७ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीले एक अर्ब ३६ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको पुस मसान्तमा २६ करोड ४० लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६०.२९ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १६ करोड ४७ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीले एक अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । जुन गत वर्षको तुलनामा २० करोड ७६ लाख रुपैयाँले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले जम्मा एक अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

एक लाख ७४ हजार ७१० वटा बीमालेख जारी गरेको कम्पनीले ३ हजार ३२९ वटा दावी मार्फत ४४ करोड १७ लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ ।

पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी एक अर्ब ३१ करोड रुपैयाँ छ । जगेडा कोषमा ६४ करोड ३२ लाख रुपैयाँ छ भने बीमा कोषमा ९६ करोड ३६ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ४०.०८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ छ ।

दोश्रो बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १२८० रुपैयाँमा भएको थियो ।

Share News