प्रभु इन्स्योरेन्सले घोषणा गर्यो गत वर्षको लाभांश

<p>काठमाडौं । प्रभु इन्स्यारेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत अर्थात १० करोड ५६ लाख २७ हजार रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयरमा लाग्ने कर वापत [&hellip;]</p>

काठमाडौं । प्रभु इन्स्यारेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत अर्थात १० करोड ५६ लाख २७ हजार रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयरमा लाग्ने कर वापत ०.५३ प्रतिशत अर्थात ५५ लाख ५९ हजार ३४१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

(सच्याइएकाे)

Share News