एक घण्टा नबित्दै चार कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी, नबिल बैंकको उच्च कारोबार

<p>काठमाडौं । मंगलबार कारोबार शुरु भएको एक घण्टा नबित्दै चार कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । बिहान ११ बजेर ४५ मिनेटको अवधिमा मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र हिमालय उर्जा विकास कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भइसकेको छ । त्यसमध्ये पनि मिर्मिरे माइक्रोफाइनान्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंक दुबैको [&hellip;]</p>

काठमाडौं । मंगलबार कारोबार शुरु भएको एक घण्टा नबित्दै चार कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । बिहान ११ बजेर ४५ मिनेटको अवधिमा मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र हिमालय उर्जा विकास कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भइसकेको छ ।

त्यसमध्ये पनि मिर्मिरे माइक्रोफाइनान्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंक दुबैको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । अघिल्लो दिनको तुलनामा मिर्मिरे माइक्रोफाइनान्सको सेयर मूल्य १६० रुपैयाँले बढेर प्रतिकित्ता १७६३ रुपैयाँ पुगेको छ ।

त्यस्तै, निफ्राको पनि प्रतिकित्ता ४१ रुपैयाँले बढेर प्रतिकित्ता ४५२ रुपैयाँ पुगेको छ । कारोबार शुरु भएको लगातार तेश्रो दिन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको पनि सेयर मूल्य ९.८७ प्रतिशतले बढेर प्रतिकित्ता ६५७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको कारोबारको तुलनामा ५९ रुपैयाँले बढी हो ।

त्यसैगरी, हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य ९.६७ प्रतिशतले बढेको छ । अघिल्लो दिन प्रतिकित्ता २६९ रुपैयाँमा अन्तिम कारोबार भएको कम्पनीको सेयर मूल्य एक घण्टामै बढेर प्रतिकित्ता २९५ रुपैयाँ पुगेको छ ।

यो अवधिसम्म परिसूचक ४२.०३ अंकले बढेर २६२८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.६३ प्रतिशतले बढी हो ।

त्यस्तै, १९४ कम्पनीको २ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो अवधिसम्म ४९ लाख ८५ हजार १३३ कित्ता सेयर किनबेच भइसकेको छ । जसमध्ये सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । कम्पनीको एक लाख ५९ हजार ९२२ कित्ता सेयर २१ करोड ६६ लाख रुपैयाँ बराबरमा किनबेच भइसकेको छ ।

यो समाचार तयार पार्दासम्म बैंकको सेयर प्रतिकित्ता १३७८ रुपैयाँमा कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५७ रुपैयाँ अर्थात ४.३१ प्रतिशतले बढी हो ।

Share News