कोरोना बीमा भुक्तानीको लागि पुनर्बीमा कम्पनीले दियो १ अर्ब, १ अर्ब दिने तयारीमा बीमा समिति

<p>काठमाडौं । कोरोना बीमाको लागि बनाइएको पुलमा पुनर्बीमा कम्पनीले आफ्नो भागको रकम दिएको छ । पुनर्बीमा कम्पनीले पुलमा १ अर्ब रुपैयाँ दिने भनिएको थियो । दाबी भुक्तानीको लागि रकम कम भएको कारण पनि बिमितले समयमै रकम नपाएपछि समितिले ताकेता गरी पुनर्बीमा कम्पनीलाई रकम हाल्न लगाएको हो । पुनर्बीमा कम्पनीले हाल्नुपर्ने सबै रकम अब हालिसकेको समितिका [&hellip;]</p>

काठमाडौं । कोरोना बीमाको लागि बनाइएको पुलमा पुनर्बीमा कम्पनीले आफ्नो भागको रकम दिएको छ । पुनर्बीमा कम्पनीले पुलमा १ अर्ब रुपैयाँ दिने भनिएको थियो ।

दाबी भुक्तानीको लागि रकम कम भएको कारण पनि बिमितले समयमै रकम नपाएपछि समितिले ताकेता गरी पुनर्बीमा कम्पनीलाई रकम हाल्न लगाएको हो । पुनर्बीमा कम्पनीले हाल्नुपर्ने सबै रकम अब हालिसकेको समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।

यस्तै, समितिले पुलमा हाल्नुपर्ने रकम पनि हाल्ने तयारी थालेको छ । समितिले १ अर्ब रुपैयाँ पुलमा हाल्ने भनिएको छ ।

कोरोना बीमा पोलिसी ल्याउँदा बीमा शुल्कबाट प्राप्त भएको रकमबाट पहिला दाबी भुक्तानी गर्ने भनिएको छ । समितिले दिएको जानकारी अनुसार अहिलेसम्म बीमा शुल्कबाट करिब १ अर्ब रुपैयाँ उठेको छ ।

त्यसपछि निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुले आफ्नो महावित्ती कोषमा रहेको रकमबाट दाबी भुक्तानी गर्ने भनिएको छ । यस्तो रकम पनि करिब १ अर्ब रुपैयाँ हुने भनिएको छ । त्यसपछिको १ अर्ब रुपैयाँको दाबी भुक्तानीको लागि पुनर्बीमा कम्पनी र त्यसपछिको १ अर्ब रुपैयाँको दाबी भुक्तानीको लागि बीमा समितिले रकम प्रदान गर्ने भनिएको छ । सोभन्दा माथिको दाबी भुक्तानी परेमा नेपाल सरकारले दायित्व व्यहोर्ने भनिएको छ ।

Share News