सिभिल लघुवित्तको प्रस्तावित लाभांश स्वीकृत

<p>काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले संस्थाले प्रस्ताव गरेको ३.६८४२ प्रतिशत लाभांशलाई स्वीकृति दिएको हो । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस र ०.१८४२ प्रतिशत नगद गरी कुल ३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । राष्ट्र बैंकले पारित गरेको उक्त लाभांश [&hellip;]</p>

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले संस्थाले प्रस्ताव गरेको ३.६८४२ प्रतिशत लाभांशलाई स्वीकृति दिएको हो ।

संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस र ०.१८४२ प्रतिशत नगद गरी कुल ३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । राष्ट्र बैंकले पारित गरेको उक्त लाभांश संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी २३ करोड ३९ लाख रुपैयाँ रहेको छ । ३.५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २४ करोड २१ लाख रुपैयाँ पुग्ने छ ।

Share News